असार २९ गतेदेखि आईपीओ निष्कासन गर्दै बुङ्गल हाइड्रो, कस- कसले भर्न पाउँछन् ?

काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडले असार २९ गतेदेखि  आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

कम्पनीले प्रथम चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई प्रथम चरणमा आईपीओ जारी गर्न लागेको हो।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ८ लाख ३० हजार कित्ता आईपीओ र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ७ हजार ५०० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये पनि ५ लाख ३९ हजार ५०० कित्ता आईपीओमा आयोजना अति प्रभावित क्षेत्रका बासिन्दाले आवेदन दिन पाउनेछन्।

यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर ६ (साविक पिपलकोट गाविस वडा नम्बर ४, ५ र ७) र वडा नम्बर ७ (साविक कफल्सेरी गाविस वडा नम्बर १) का स्थानीय बासिन्दा रहेका छन्।

त्यस्तै, २ लाख ९० हजार ५०० कित्ता आईपीओमा आयोजना सामान्य प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्। यसमा बझाङको बुंगल नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ८, ९, १० र ११ का स्थानीय बासिन्दा रहेका छन्।

इच्छुकले कम्तीमा १० कित्ता आईपीओका लागि आवेदन दिनु पर्नेछ भने बढीमा २० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। आवेदन दिने अन्तिम मिति साउन ११ गते रहेको छ। तर तोकिएको अवधिभित्र पर्याप्त आवेदन नपरेमा म्याद साउन २६ गतेसम्म लम्बिने कम्पनीले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *