नेपाल इन्सुरेन्सले साउन ६ गतेदेखि हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नेपाल इन्सुरेन्सले साउन ६ गतेदेखि ३४.७८ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । यस कम्पनीले १०ः३.४७८३ अनुपातमा १ करोड ८९ लाख ८ हजार ७८२.३१ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ ।

कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गरिसकेको छ । तसर्थ, जेठ २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र यस कम्पनीको हकप्रद सेयर भर्न पाउनेछन् । यस कम्पनीको हकप्रद सेयरमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम गरेको छ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँ छ ।

हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।

यस हकप्रद सेयरमा एनआइएमबी एस क्यापिटलले बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ। लगानीकर्ताहरू बिक्री प्रबन्धकका केन्द्रीय तथा क्षेत्रीय कार्यालयहरू, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था, र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *