शेयर बजारमा दोहोरो अंकको बृद्धि, ९ अर्ब ७४ करोड कारोबार

काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले बढेकाे छ। नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ को विन्दुमा बन्द भएको छ ।

आज ३१७ कम्पनीको शेयर किनबेच हुँदा ९ अर्ब ७४ करोड माथिको शेयर कारोबार भएको छ । आज १८२ कम्पनीको शेयर मूल्य बढेको छ भने ६५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साहस ऊर्जाको ४९ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको ३५ करोडको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ९.९९प्रतिशतका दरले कमाएका छन् । नेपाल इनस्योरेन्सका लगानीकर्ताले ९.८२ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ३.७३ प्रतिशतका दरले गुमाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *