नेपालद्वारा भुटानसामु ३५९ रनको विशाल लक्ष्य प्रस्तुत

काठमाडाैं। एसीसी पुरुष यू-१६ इस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जितका लागि भुटानलाई ३ सय ५९ रनको विशाल लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित सेनेगर टर्फ क्लबमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको योगफल तयार पारेको हो।

पाचौँ विकेटका लागि जय थापा र रौनक श्रीवास्तवले १ सय २५ बलमा १ सय ६१ रनको साझेदारी गरेपछि नेपाल विशाल योगफलतर्फ उन्मुख भएको थियो। नेपालका लागि रौनकले १ सय ६८ रनको महत्वपुर्ण योगदान दिए। उनले १ सय ३२ बलमा १६ चौका र ५ छक्का प्रहार गर्दा सञ्जय दोर्जीको बलमा जिग्मे सम्द्रुपको हातबाट क्याच आउट हुन पुगे। जय थापा ६१ रनमा अविजित रहे। उनले ६७ बलमा ७ चौका प्रहार गरे। सचिन भट्ट ८ रनमा नटआउट रहे।

विकेट किपर श्रीवांस बजगाइ ५४ रनमा रन आउट भए। सुगम बुढाथोकीले ३५ रन थपे। ओपनर परिमहर्जन यादन २ र प्रसिद्ध जैसी ७ रनमा पेभेलियन फर्के। भुटानका लागि सञ्जय दोर्जीले ३ विकेट लिए। तेन्जिङ जाम्त्सोले एक विकेट आफ्नो नाममा गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *