हिम स्टार उर्जा कम्पनीले असार २४ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने

काठमाडौं । हिम स्टार ऊर्जा कम्पनीले असार २४ गतेदेखि दोस्रो चरणको आईपीओ बिक्री खुला गर्ने भएको छ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका आईपीओ जारी गर्न लागेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा ७ करोड ७३ लाख ९७ हजार ५०० रुपैयाँ बराबरको ७ लाख ७३ हजार ९५० कित्ता सेयर निष्कासन गर्ने भएको हो ।

यसमा असार २७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा नबिकेमा साउन ६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *