गुडविल फाइनान्सकोे १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । गुडविल फाइनान्ससले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (असार १७ गते) बाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

कम्पनीको प्रधान कार्यालय हात्तीसार, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर भाउ भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *