साताको पहिलो दिन आज प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से अंकले बढेको छ । नेप्से ७.१० अंकले बढेर २४२२.३४ को बिन्दुमा पुगेको हो ।
प्रि ओपन सेसनमा ४ लाख १९ हजार १ सय ४५ रुपैयाँको कारोबार भएको छ । आज शेयर मूल्य बढ्नेमा कम्पनिहरुमा अधिकांश वाणिज्य बैंक छन् ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हरेक दिन बिहान १०:३० देखि १०:४५ सम्म प्रि ओपन सेसन अन्तर्गतको कारोबार हुन्छ । यस समयमा कम्पनीको शेयर मूल्य सर्वाधिक २ प्रतिशतले घटबढ हुन सक्ने छ ।







