नेपाल फाईनान्सको २९ औं वार्षिक साधाणसभा सम्पन्न

२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनी नेपाल फाईनान्स लिमिटेडको २९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो ।

साधारण सभामा आगामी ४ बर्षका लागि संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थापक समूहबाट निर्वाचित संचालकहरुमा हिरेन्द्रमान प्रधान, दिप्रश शाक्य, राजन प्रजापति, विकेश शाक्य र सर्वसाधारणको तर्फबाट संचालक लक्ष्मी महर्जन निर्वाचित हुनुभएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७र७८ को बार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बिशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्नेरगाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

संस्थाका संचालक समितिका अध्यक्ष हिरेन्द्रमान प्रधानको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तब्य राखेका थिए । संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पार्नुभएको थियो ।

संस्थाका हाल देशका विभिन्न स्थानहरुमा रहेका १० वटा शाखा कार्यालय र काठमाण्डौको कालीमाटी र कान्तिपथ एक्सेन्टेन्सन काउण्टर मार्फत अत्याधुनिक वित्तीय सेवाहरु जस्तैः मोवाइल बैकिङ्ग, कनेक्ट आईपीएस, आईपीएस, आरटीजीएस, एटीएम, कर्पोरेट पे आदिबाट आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ भने संस्थाको कर्मठ तथा ईमान्दार कर्मचारीहरुलाई विभिन्न समयमा तालिम गोष्ठिको व्यवस्थापन गरी क्षमता अभिवृद्धि गरिँदै लगिएको जनाएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *