काठमाडौं । आज शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारल नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००. को विन्दुमा कायम भएको छ ।
आज ३१६ कम्पनीको शेयर किनबेच हुँदा ५ अर्ब ७६ करोड माथिको शेयर कारोबार भएको छ । आज १०७ कम्पनीको शेयर मूल्य बढेको छ भने १४२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुटवल पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको २३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको २३ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका हुन् । हिमालयन पावर पाटर्नरका लगानीकर्ताले ७.८७ प्रतिशतका दरले कमाएका छन् । खानीखोला हाइड्रोपावरका लगानीकर्ताले ५.९७प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै एनआइसी एशिया डिबेञ्चरका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ५.१७ प्रतिशतका दरले गुमाएका हुन् ।







