काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुरेशप्रसाद खत्रीकाे तलबभत्ता १ करोड ४४ लाख ७६ हजार ८ सय रुपैयाँ पुगेकाे छ । कम्पनीको २०८०/८१ को वार्षिक प्रतिवेदन अनुसार सिईओलाई तलबभत्ता संचय कोष तथा अन्य सेवा सुविधासहित एक मुष्ट उक्त रकम दिएको उल्लेख छ ।
निजी क्षेत्रको बीमा कम्पनीका कार्यकारीहरूका तलब सुविधा बढ्दो क्रममा रहेको बेला नेशनल लाइफका सीईओले पाएको पारिश्रमिकले बजारमा थप चर्चा पाएको छ । बीमा नियामक समिति तथा कम्पनी सञ्चालक समितिको स्वीकृतिमा यस्ता पारिश्रमिक तय गरिने भए पनि पारदर्शिता र जनजानकारीको अभावमा जनस्तरमा चासो बढ्दो छ ।
सुरेशप्रसाद खत्री केही वर्षदेखि नेशनल लाइफ इन्स्योरेन्सको नेतृत्वमा रहेका छन् । उनको कार्यकालमा कम्पनीले नाफा वृद्धि र बजार विस्तारमा उल्लेखनीय प्रगति गरेको कम्पनी स्रोतले जनाएको छ ।







