काठमाडौं। जागिर दिने प्रलोभन देखाएर महिलामाथि यौन दुर्व्यवहार गरेका आएका एनआईसी एशिया बैंकका कम्पनी सचिव दिपेन कार्कीमाथि अझैसम्म कारबाही भएको छैन। सीइओ रोशनकुमार न्यौपानेनिकट भएकै कारण यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा मुछिएका कार्की बैंकको महत्वपूर्ण पदमा छन्।
कार्कीले महिलामाथि यौन दुर्व्यवहार गरेपछि प्रहरी परिसर टेकुमा परेको जाहेरीले उनी १ रात थुनिए। तर, पावर र पैसाका आडमा हिरासतबाट छुटेका कार्की बैंक नेतृत्वसँगको निकटतम सम्बन्धकै कारण कम्पनी सचिव जस्तो जिम्मेवार पदमा छन्। बैंकले उनको अपराधमाथि कारबाही गर्ने हिम्मत गरेको छैन। यस घटनाको बैंकभित्र र युनियनमा रहेका केहि महिला कर्मचारीहरुले भने आपत्ति जनाउँदै कार्कीलाई जागिरबाट निकाल्नुपर्ने आवाज उठाउँदै आएका छन्।
घटना के थियो ?
केहि समयअघि ट्रेनीमा आएकी एक महिलालाई कार्कीले आँफू एनआईसी एशिया बैंकको शक्तिशालि व्यक्ति भएको बताउँदै स्थायी जागिर लगाईदिने आश्वासन दिए। त्यसपछि उनले ति महिलाको बाध्यताको फाईदा उठाउँदै एकान्तमा भेट्न प्रस्ताव गर्न थाले। कामको आसमा ति महिला कार्कीले जे-जे भने मान्दै गईन्। उनीसँग नजिक हुन कार्कीले ति महिलाको ह्वाट्सयापमा आपत्तिजनक शब्दसहित जथाभावी म्यासेज गर्न थाले। उनले ति महिलासँग आँफू अबिबाहित भएकाले विवाह नै गर्ने भन्ने सम्मको आश्वासन दिएका थिए। ‘जागिर नभए पनि हामी बिहे गर्ने हो, मा ठुलै पदमा छु, किन चिन्ता गर्छेउ’ भन्दै कार्कीले ति महिलामाथि शारीरिक एवं मानसिक दुर्व्यवहार गर्दै आएको पिडित महिलाले प्रहरीसँगको बयानमा बताएकी थिइन्।
कार्की ति महिलासँग सम्बन्ध बनाएपछि सम्पर्कविहीन भए। उनको फोन उठाउन छोडे। महिलालाई सामाजिक संजालदेखि सबैतिर ब्लक गरेर फरार भएपछि उनी बैंकमै पुगिन्। कार्कीले कुमारी बैंकमा कार्यरत एक महिला कर्मचारी साथीमार्फत् ‘जागिर फिक्स भएको छ आउनुस्’ भन्दै फोन गर्न लगाए। तर, त्यहाँ पुग्दा ति महिला कर्मचारीले पिडितलाई उल्टै धम्क्याउन थालेपछि उनी रुँदै कराउँदै प्रहरी बोलाइन्। प्रहरीले ति महिलालाई गिरफ्तार गर्यो उनीपनि सँगै प्रहरी परिसर टेकु पुगिन्। पिडितसँगको बयानपछि प्रहरीले उनलाई जाहेरी दिन भन्यो। साथी छुटाउन पुगेका कार्कीलाई २०८१ साल मंसिर ७ गते शुक्रवार पिडितको जाहेरीका आधारमा प्रहरीले गिरफ्तार गरी हिरासतमा राख्यो।
कार्की पक्राउ परेको खबरपछि घटना बुझ्दै नबुझी सीइओ न्यौपानेले बैंकका असिस्टेन्ट सीइओ रन्जन खड्कालाई पठाइ छुटाएर ल्याउन निर्देशन दिए। सोहिअनुसार खडकाले पिडितमहिलासँग कुराकानी गरे अनि बिहे गर्ने मौखिक सहमति प्रहरीले उनलाई हिरासतमुक्त गरिदिँदै ‘ रात धेरै भएको छ, घर पुर्याईदिनु’ भन्यो। त्यसपछि उनी आफ्नी बहिनीसँगै पिडित महिलालाई पनि आफ्नै गाडीमा हालेर निस्के। तर बाटोमा पुगेपछि पिडित महिलासँग विहे गर्न नसक्ने बताएपछि उनले प्रहरीलाई खबर गरिन् त्यसपछि प्रहरीले उनलाई पक्राउ गरेर पुन: हिरासत राख्यो उनी रातभर थुनिए।
भोलिपल्ट अर्थात मंसिर ८ गते सनिवार ए-सीइओ खड्का लगायत बैंकका उच्च पदस्थ कर्मचारी पुगेर पिडितको अनुमति बिना नै छुटाए। त्यसपछि प्रहरीले पिडितलाई बोलायो। कसैले पिडितलाई धम्क्याए, कसैले सम्झाए। ए-सीइओ रंजन खड्काले जाहेरी फिर्ता लिएर आईतवार बैंक आउन भने। अनधिकृत रुपमा बैंकको लेटेर प्याड र कम्पनी सचिवको हस्ताक्षरको दुरुपयोग गरी ३० दिनभित्र जागिर लगाइदिने, कार्कीलाई माफी माग्न लागउने लिखित तथा बिहे गर्ने मौखिक सम्झौता गरियो। तर, सीइओको आडमा हालसम्म पनि बैंकले कार्कीलाई कारबाही गर्न सकेको छैन। बैंकले नत पिडित महिलालाई जागिर दियो, न त बाँकी प्रकृया अघि बढेको छ। पिडित महिलाले एक संचारमाध्यममा आँफुलाई जबर्जस्ती कागज गराईएको र उक्त सम्झौतामा के छ भन्ने सम्म हेर्न नदिएको बताएकी छिन्।
कार्कीमाथि किन हुँदैन कारबाही?
घटना सार्वजनिक भएपछि कार्कीलाई कानूनी कठघरामा उभ्याउनु पर्ने चौतर्फी आवाज उठ्यो । तर पैसा र पावरका अगाडि यौन दुर्व्यवहार जस्तो गम्भीर अपराधमा समेत उन्मुक्ति दिने प्रशासन र अपराधीको संरक्षण एवं अपराधलाई प्रोत्साहन गर्दै स्यावासी दिने बैंक नेतृत्वको ढाडसका अघि कसैको केहि सिप लागेन। यसबाट बैंक व्यवस्थापनले संस्थागत नैतिकता र जवाफदेहितालाई समेत लत्याएर यौनजन्य अपराध गर्दै हिड्ने एक कर्मचारीलाई थप अपराध गर्न प्रोत्साहन गरिरहेको देखिन्छ। यसअघि पनि बैंककै एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै कार्की विवादमा तानिएका थिए। उक्त घटना सीइओकै पहलकदमीमा गुपचुप पारिएको थियो।
सीइओ रोशन कुमार न्यौपाने इन्टरनल अडिटमा हुँदा पनि कार्की उनकै विभागमा थिए। बैंक स्रोतका अनुसार सीइओ न्यौपानेका गलत काम कारबाहीमा उनले सघाउँदै आएका छन्। न्यौपानेले उनलाई आँफूसँगै अपग्रेड गर्दै उनको अपराधमाथि पनि आँखा चिम्लिंदै आएको बताइएको छ। त्यस्तै बैंकभित्रका जुनियरदेखि सीनियरसम्मका कर्मचारीले विभिन्न शिर्षकमा गरेका अनियमितताबारे उनलाई राम्रैसँग थाहा छ। त्यसकारण पनि उनीहरुमाथि एकले अर्काको बचाउ गर्नुपर्ने बाध्यता छ। चाहे त्यो जघन्य अपराध किन नहोस्।
यस सम्बन्धमा उनको प्रतिक्रिया बुझ्न हामीले कार्कीलाई पनि सम्पर्क गर्यौ। तर, उनी प्रश्न सुन्नासाथ फोन काटेर सम्पर्कविहीन भए।
खराव कर्जाको दलदलमा एनआईसी एशिया बैंक: ९ महिनामा ‘लोन लस प्रोभिजन’ तीन अर्व नाघ्यो







