काठमाडौं । साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नाे फोन नम्बर दुरुपयोग भएको भन्दै अभिनेता अनमोल केसी र फिल्म ‘फर्की फर्की’ को टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन्।
श्रेष्ठले आफ्नो मोबाइल नम्बर दुरुपयोग गरेको भन्दै मानसिक तथा शारिरीक पीडा भोग्नुपरेको आरोपसहित क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेका हुन्। उनले वारेसमार्फत सोमबार मुद्दा दायर गरेका हुन् ।
रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ । उनीहरूलाई कानून अनुसार सजायको माग गरिएको छ ।
यसबारे चलचित्र नियामक निकायलाई पटकपटक पत्र पठाएर जानकारी गराए पनि सुनुवाइ नभएपछि मुद्दा दायर गरिएको पनि रिट निवेदनमा उल्लेख छ ।







