इरानमा रहेका १६ नेपाली नागरिकमध्ये ५ जना जेलमा छन्: आरजु राणा

काठमाडाैं । सरकारले इजरायलसँग युद्धमा रहेको देश इरानमा १६ नेपाली रहेको जनाएको छ । सोमबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिने क्रममा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली रहेको जानकारी दिएकी हुन् ।

‘इरानमा १६ नेपाली रहनुभएको छ । ११ जना मसाद भन्ने स्थानमा हुनुहुन्छ । ५ जना भने गैरकानुनी रूपमा गएकाले इरानको जेलमा हुनुहुन्छ,’ राणाले भनिन् ।

उनले मंगलबार भारतीय विमानमा ११ जना भारतसम्म आइपुग्ने जानकारी समेत संसदलाई दिइन् । भारतले आफ्ना नागरिकलाई उद्धार गर्दा नेपालीलाई पनि उद्धार गरिदिने बताएकाले सरकारले सहमति जनाएको उनको भनाइ छ ।

११ जनामध्ये एक जनाको ट्राभल डकुमेन्ट नभएकाले बनाउन प्रक्रिया सुरु भएको सो क्रममा परराष्ट्र मन्त्री डा. राणाले जानकारी दिइन् ।

यसैगरी ५ जना नेपाली नागरिक गैरकानुनी रूपमा त्यहाँको जेलमा रहेकाले यही अवस्थामा कसरी छुटाउन सकिन्छ भनेर पहल भइरहेको उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *