रुसी अर्बपति अब्रामोभिकको ७ अर्ब सम्पत्ति अदालत द्वारा फ्रिज

रुसी अर्बपति रोमन अब्रामोभिकको सात अर्ब अमेरिकी डलरबराबरको सम्पत्ति जर्सी अदालतले फ्रिज गरिदिएको छ । मंगलबार टापु देश जर्सी प्रहरीले अब्रामोभिकको व्यावसायिक गतिविधिसँग सम्बन्धित सम्पत्ति फ्रिज गरेको जर्सी ल अफिसर्स डिपार्टमेन्टले जनाएको छ । युक्रेनमाथिको आक्रमणलाई लिएर रुसलाई दण्डित गर्न प्रतिबन्ध लगाइएको हो ।

जर्सीले बेलायतकै नीति अंगीकार गर्छ । गत महिना अब्रामोभिकलाई बेलायत र युरोपेली संघले प्रतिबन्ध लगाएको थियो । उनीजस्ता धेरै रुसी अर्बपति प्रतिबन्धित भएसँगै उनीहरुका विलासी पानीजहाजदेखि अन्य सम्पत्ति जफत गरिँदै आएको छ ।

अब्रामोभिक चर्चित इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक हुन् । उनले प्रतिबन्धको डरले मार्चमा क्लब बिक्री गर्ने प्रयास समेत गरेका थिए । तर प्रतिबन्धित भएसँगै उनले बिक्री गर्न पाएनन् । अब्रामोभिक बेलायतको प्रतिबन्ध सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *