ब्राउन सुगरसहित एक युवक पक्राउ

सिरहा प्रहरीले प्रतिवन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिव २ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको  प्रहरीटोलीले विशेष सूचनाको आधारमा रामलाई लागूपदार्थसहित नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालिएको  जनाएको छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *