चितवन। चितवनमा यात्रुवाहक बस र इभी माइक्रो ठोक्किँदा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना गर्भवतीसहित पाँच जना महिला र दुई जना पुरूष छन्।
चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र इभी माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको हो। दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१-०१-००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ।
मृतकमध्य दुई जनाको सनाखत भएको छ। सनाखत भएका मृतकहरुमा मकवानपुरका ५५ वर्षीय सोमप्रसाद रूपाखेती र मकवानपुर हेटौंडाकै ५३ वर्षीया मैंयाकुमारी न्यौपाने छन।
घाइतेहरूको पुरानो मेडिकल,नयाँ मेडिकल कलेज र भरतपुरको एलाइभ अस्पतालमा उपचार भइरहको छ।






