देश बनाउन प्रचण्डको विकल्प छैन : अग्नि सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले देश बनाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नरहेको बताएका छन् ।

आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सापकोटाले देश बनाउनका लागि अध्यक्ष प्रचण्डको विकल्प नरहेकोले यसमा जनताले समेत प्रष्ट बुझिसकेको बताए।

सापकोटाले माओवादीको देश दौडाहाका क्रममा पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु बाहेक अन्य पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले पनि स्वागत गर्ने, ज्ञापन पत्र दिने काम गरेको बताए। उनले जनता कांग्रेस र एमालेबाट अघाएकोले माओवादीका लागि बाटो खुल्ला भएको जिकिर गरे।

प्रजातान्त्रिक सामन्तहरुको पार्टी काँग्रेस भएको आरोप लगाउंदै उनले एमालेको कामले आफ्नै कार्यकर्ताहरु समेत शीर निहुराएर लज्जावोध गर्ने गरेको उनको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *