एशियन पेन्ट्स नेपालद्वारा ‘कलर नेक्स्ट २०२५’ सम्पन्न

काठमाडाैं । नेपालकै सबैभन्दा ठूलो पेन्ट कम्पनी, एशियन पेन्ट्स नेपालले आफ्नो वार्षिक कार्यक्रम कलर नेक्स्ट २०२५’ भव्य रुपमा आयोजना गरेको छ । जसमा नामी आर्किटेक्ट, इन्टेरियर डिजाइनर, कलाकार, इन्फ्लुएन्सर, रचनात्मक तथा मिडिया क्षेत्रका व्यक्तिहरूको सहभागिता थियो ।

यस कार्यक्रमको मुख्य आकर्षणको रूपमा वर्ष २०२५ को कलर अफ द एयरको रूपमा ‘कार्डिनल’ रंगको घोषणा गरिएको छ । जसले नेपालमा डिजाइन, नवीनता र रचनात्मक संवादमा एशियन पेन्ट्सको नेतृत्व र प्रतिबद्धता झल्काउने कम्पनीले जनाएको छ।

एशियन पेन्ट्सले सन् २००३ देखि ट्रेण्ड फोरकास्टको क्षेत्रमा काम गर्दै आएको छ। कलर नेक्स्ट एशियन पेन्ट्सद्वारा हरेक वर्ष गरिने व्यापक अभ्यास हो, जसमा मानव व्यवहारमा प्रभाव पार्ने विश्वव्यापी सामाजिक–सांस्कृतिक प्रबिधिहरूको अध्ययन गरिन्छ र त्यसलाई कलर, म्याटेरियल र फिनिसिङको नयाँ डिजाइन दिशामा रुपान्तरण गरिन्छ । यस प्रक्रियामा उद्योगसँगको अन्तरक्रिया, सांस्कृतिक विज्ञहरूसँग कार्यशाला, र व्यापक द्वितीयक अनुसन्धान समावेश हुन्छ, जसले डिजाइन र डेकोर उद्योगका लागि महत्त्वपूर्ण अन्तर्दृष्टिहरू प्रदान गर्छ ।

कार्यक्रमको सुरुवात श्रीबुधदित्य मुखर्जी–क्षेत्रीय प्रमुख (ग्लोबल) ले नेपालमा डेकोर उद्योगमा डिजाइन, नवप्रवर्तन र रचनात्मक संवादलाई नेतृत्व दिने कम्पनीको प्रतिबद्धता दोहोराएर गरेका थिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *