रुसले गर्यो १२०० युक्रेनी सैनिकहरूको शव फिर्ता

एजेन्सी। रुसले १ हजार २०० जना युक्रेनी सैनिकहरूको शव कीएभलाई फर्काएको छ ।

शुक्रबार भएको यो फिर्ता पछिल्लो महिनामा इस्तानबुलमा सम्पन्न शान्ति वार्ताको सम्झौताअनुसार गरिएको हो। तर, मास्कोले यो प्रक्रिया एकतर्फी भएको दाबी गर्दै आएको छ।

युक्रेनले आफ्ना मृतक सैनिकहरूको शव फिर्ता भने नगरेको आरोप लगाइएको छ। रुसको सरकारी समाचार संस्था ताससँग बोल्दै एक अज्ञात स्रोतले भने, ‘आज, रुसले युक्रेनका सशस्त्र बलका १,२०० मृत सैनिकहरूको शव हस्तान्तरण गर्‍यो। तर, एकजना पनि हाम्रोतर्फबाट फिर्ता गरिएको छैन।’

त्यसैगरी, रूसी राष्ट्रपति सहयोगी भ्लादिमिर मेदिन्स्कीले पनि युक्रेनले ७ जुनमा हुने भनिएको शव तथा कैदी आदानप्रदान प्रक्रिया अचानक स्थगित गरेको र यसबारे कुनै सार्वजनिक स्पष्टीकरण नदिएको दाबी गरेका छन् ।

यो युद्ध सुरु भएको तीन वर्षभन्दा बढी समयपछि भएको सबैभन्दा ठुलो शव फिर्ता प्रक्रिया मध्येको एक मानिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *