दिलभूषण पाठकविरुद्धको पक्राउपुर्जी खारेज गर्न सम्पादकहरूको माग

काठमाडौँ। विभिन्न संचार संस्थाका सम्पादकहरूले पत्रकार दलभूषण पाठकविरुद्ध जारी भएको पक्राउपूर्जी खारेज गर्न माग गरेका छन्।

शनिबार विभिन्न  संचार संस्थाका सम्पादकहरूले विज्ञप्तिमार्फत पाठकविरुद्ध फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा पक्राउ पुर्जी जारी भएको बताएका हुन्। उक्त पक्राउ पुर्जी जारी हुनु विचार तथा अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको उनीहरूको ठहर छ।

‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

त्यस्तै,  अनलाइन न्युज पोर्टलहरुमा प्रकाशित समाचार हटाउन भन्दै काठमाडौँ जिल्ला अदालतबाट जारी भएको आदेशप्रति  सम्पादकहरूले आपत्ति जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *