इरानको मिसायल हमलामा ४० इजरायली घाइते, २ जनाको अवस्था गम्भीर

एजेन्सी।  इजरायलले इरानमाथि गरेको भिषण आक्रमणको जवाफमा इरानले गरेको मिसायल आक्रमणमा परी ४० बढी इजरायली नागरिकहरू घाइते भएका छन्।

बीबीसीका अनुसार इरानले इजरायलमाथि ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ। इरानका सर्वोच्च नेता अयातोल्ला अली खामेनीले इजरायलमाथि बदला स्वरूप ‘गम्भीर प्रहार’ गर्ने चेतावनी दिएका थिए।

जेरुशलेममा विस्फोटको आवाज सुनिएको छ भने तेल अविवको आकाशमा कालो धुवाँ देखिएको छ। यो बदलापूर्ण आक्रमणपछि ४० जना इजरायली नागरिक अस्पतालमा उपचाररत रहेको र दुईको अवस्था गम्भीर रहेको जनाइएको छ।

यसअघि इजरायली रक्षा बल (आइडीएफ) ले हिजो राति गरिएका आक्रमणमा इरानका तीन जना सैनिक कमाण्डर मारिएको जनाएको थियो भने तेहरानले ६ जना वैज्ञानिकको मृत्यु भएको पुष्टि भएको थियो।

यो आक्रमणमा कम्तीमा ७८ जना मारिएको जनाइएको छ। जवाफमा इरानले इजरायलमाथि हवाई आक्रमण सुरु गरेको र जसलाई उसले ‘ट्रयु प्रोमिस’ नाम दिएको छ। यो कारबाही इजरायलका अघिल्ला आक्रमणको प्रतिकारस्वरूप गरिएको इरानले जनाएको छ।

इरानको रिभोलुसनरी गार्डले दर्जनौं इजरायली सैनिक केन्द्रहरू र हवाई हमला गरेको दाबी गरेको छ। जेरुशलेम र तेल अविवको आकाशमा उज्याला चमकहरू देखिएका छन्, इजरायलको ‘आइरन डोम’ रक्षा प्रणाली ले आक्रमण रोक्ने प्रयास गरिरहेको थियो।

धेरै आक्रमणहरु आकाशमै निस्तेज पारेको भएपनि केही प्रहारहरु भवनहरू ध्वस्त भएको दाबी गरिएको छ। हालैका आक्रमणपछि तेल अविवको इचिलोभ अस्पताल मा १८ जनाको उपचार भइरहेको छ भने पेताह टिक्वाको बेलिन्सन अस्पतालमा ७ जनाको उपचार भइरहेको र जसमध्ये एक जनाको अवस्था गम्भीर छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *