काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गर्दै कुनैपनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको कम्पनीले जानकारी गराएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन ।







