अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता र एजेन्सीहरुलाई दर्ता गर्न राष्ट्र बैंककाे निर्देशन

नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेतार एजेन्सीहरुलाई दर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता कम्पनीहरुलाई दर्ता हुन भनेको हो । राष्ट्र बैंकले १५ दिनको म्याद दिएको छ ।

राष्ट्र बैंकले जारी गरेको सूचनामा भनिएको छ, अन्तर्राष्ट्रिय हवाई टिकट बिक्रेता एण्ड एजेन्सीहरु आवेदन फारममा तोकिएका योग्यता सहितका कागजातहरु समावेश गरी यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस बैंकको कार्यालय सम्पत्ति तथा सेवा व्यवस्थापन विभागको मौजुदा सूचीमा सूचीकृत हुन नेपाल राष्ट्र बैंक खरिद विनियमावली २०७१ (संशोधन सहित) को विनियम १८ बमोजिम यो सूचना प्रकाशित गरिएको छ ।

आवेदकलाई मौजुदा सूचीमा समावेश गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस बैंकमा निहित रहने समेत सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *