अफताव आलमलाई छोड्नु न्यायालयको इतिहासमै कलंक: उपाध्यक्ष नारायणकाजी श्रेष्ठ

काठमाडौँ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अफताव आलमलगायतलाई उच्च अदालत वीरगन्जले रिहा गरेको विषय नेपालको न्यायलयको इतिहासमा कलंकको रुपमा दर्ज भएको बताएका छन्। फेसबुकमा लेख्दै पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका उनले यस्तो बताएका हुन्।

उपाध्यक्ष श्रेष्ठले लेखेका छन्– ‘हिजो जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासले ईंटाभट्टामा जिउँदो मानिस जलाउने अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको सजाय पाई जेलमा रहेका अफताव आलम लगायतका व्यक्तिहरूलाई सफाई दिँदै रिहा गर्न गरेको निर्णय नेपालको न्यायालयको इतिहासमा कलंकका रुपमा दर्ज भएको छ।’

आलम दिउँदै मान्छेलाई इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा जिल्ला अदालत रौतहटको फैसलापछि जन्मकैदको सजाय भोगिरहेका थिए।

तर, जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउँदै उच्च अदालत वीरगञ्जले आलमलाई रिहा गर्न बुधबार आदेश दिएको छ । आदेश दिए लगत्तै आलम बुधबार नै ललितपुरको नख्खु कारागारबाट छुटेका छन्।

उनले कलंकको कालो टीका लगाएर कालो दिनमा परिणत गर्ने “बहादुर” न्यायाधीशहरूलाई नेपाली जनताले कहिल्यै नबिर्सने पनि बताएका छन्। ‘त्यस्ता अपराधमा संलग्न व्यक्तिहरू समाजमा “निर्दोष “बन्दै हिँड्ने स्थितिले समाजमा र आम नागरिकमा कस्तो कहाली लाग्दो स्थिति उत्पन्न गर्नेछ? यसको जिम्मेवारी कसले लिने? तसर्थ सबै क्षेत्रमा व्यापक कारवाही, रुपान्तरण र सुधारको निम्ति ठूलो जन अभियान सञ्चालन गर्नु जरुरी छ’, श्रेष्ठले सामजिक संजालमा लेखेका छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *