फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, मूल्य कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सले १ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । यसमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले आजदेखि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।

यसमा न्यूनतम २८० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । सेयर खरिद गर्न इच्छुक संस्थापकले फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *