पूर्वमन्त्री आलमलाई सफाइ दिने न्यायाधीशमाथि उजुरी, निलम्बनको माग

काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफ्ताव आलम लगायत रौतहट बम विस्फोटमा संलग्नहरुलाई सफाइ दिने फैसला गर्ने दुई न्यायाधीशहरुमाथि छानविन गरी कारवाही गर्नुपर्ने मागसहित न्यायपरिषदमा उजुरी परेको छ ।

युवराज पौडेलले फैसला गर्ने न्यायाधीशहरु डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि छानविन गर्नुपर्ने माग राखी परिषदमा निवेदन दिएका हुन् ।

उनीहरु पदमा रहँदा न्यायसम्पादन नै प्रभावित हुनसक्ने भन्दै निवेदनमा उनीहरुलाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग छ । उजुरीमा उनीहरुले विगतमा गरेको फैसलामाथि पनि अध्ययन गर्नुपर्ने माग छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *