काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा कायम भएको छ । आज १४८ कम्पनीको मूल्य बढेको छ भने ९७ कम्पनीको मूल्य घटेको छ ।
आज ३२३ कम्पनीको सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५ करोड माथिको सेयर कारोबार भउको छ । राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् । पियोर इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै बराही हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६ .८४ प्रतिशतका दरले गुमाएका छन् ।







