नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा कुँवर निर्वाचित

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा व्यवसायी दीपक कुँवर निर्विरोध निर्वाचित भएका छन् । शनिवार काठमाडौंमा आयोजित साधारणसभा मार्फत कुँवरको अध्यक्षतामा सम्पूर्ण कार्यसमिति नै निर्विरोध निर्वाचित गरेको हो ।

संघको प्रथम उपाध्यक्षमा पुरुषोत्तम पौड्याल, द्वितीय उपाध्यक्षमा सुमितकुमार अग्रवाल र तृतीय उपाध्यक्षमा रोशन भोयद्यो निर्वाचित भएका छन् । महासचिवमा तुलसीप्रसाद अधिकारी, सचिवमा बरुणकुमार आचार्य, कोषाध्यक्षमा निश्चलकुमार श्रेष्ठ चुनिएका छन् । यसैगरी कार्यसमिति सदस्यमा डेगेन्द्रकुमार श्रेष्ठ, मनोजबहादुर श्रेष्ठ, हरिभक्त श्रेष्ठ, सन्दीप श्रेष्ठ, प्रश्रित भोयद्यो, सिद्धान्तविक्रम धमला र आभाष कुँवर चुनिएका छन् ।

विगत २५ वर्षदेखि आवास विकास व्यवसायमा संलग्न रहँदै आएका कुँवर सीडी डेभलपर्सका अध्यक्ष हुन् । उनले एक दर्जन हाराहारीमा सामुदायिक आवास तथा अपार्टमेन्ट विकास गरिसकेका छन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *