आजदेखि हामी नेपाली नयाँ वर्ष विक्रम संवत २०७९ मा प्रवेश गरेका छौं । समयको प्रवाह अनन्त छ । यो चलिरहन्छ । यो अनन्त प्रवाहलाई हामी खण्ड-खण्डमा विभाजन गर्छौैं र आफूअनुकूल बनाउने प्रयत्न गर्छौं । खुसी हुन्छौँ, खुशीयाली साटासाट गर्छौं । सांस्कृतिक अवसरहरू, चाडपर्व, नयाँ वर्ष समयका यस्तै खण्डहरू हुन् जो हाम्रो सामाजिक जीवनशैलीसँग जोडिएका छन् । समयका यी अनेक खण्डहरू हाम्रा जीवनशैली र परम्परा बनेका छन् । हामी नेपाली आज यही परम्परा र जीवनशैलीको अर्को कडीमा आइपुगेका छौँ, नयाँ वर्ष २०७९ को स्वागत गर्दैछौँ ।
धेरै वर्षहरु यसरी नै बिते र यसरी नै बितेर जाने हुन् । तर समय सदा एकैनास र एकै गतिमा रही रहन सक्दैन । वर्ष बित्ने कुरा स्वभाविक छ तर समयको काल खण्डले प्रतेक बितेका समय बाट केही शिक्षा, ज्ञान, अनुभव, क्षमता र यसले मानिसलाई थप परिस्कृत बनाउछ । बितेका बर्षले पनि नेपालीलाई मात्र हाेइन विश्वलाइ नै विभिन्न पाठ सिकाउदै बिदा भएको छ ।
कोरोनाको कहरलाई मानव सभ्यताले परास्त गरेको बर्षका रुपमा गत बर्षलाई लिन सकिन्छ। कोरोन बिरुद्दको खोपको आबिस्कार यसको बैज्ञानिक बाडफाड र प्रयोग आदिले मानव सभ्यताको यस रुपलाई उत्कर्षमा मानव सभ्यता पुगेको भन्ने जनाउदछ । यस्तै मानव शरीरको रोग प्रतिरोधात्मक शक्तिको क्षमातामा भएको बृदीले समेत कोरोना समेतलाई परास्त गर्न मानव जगत सक्षम छ ।
गत २ बर्ष यसै वरिपरि विश्वको आर्थिक सामाजिक सास्कृतिक परिस्थिति घुम्यो र बिस्तारै बिबिध पाठ सिक्दै नया बर्षको आगमन भएको छ। नेपाललाइ समेत यस कहरले पाठ सिकाएको छ। हामीले सबै जिम्मेवारी सरकारको मात्र हो भनेर आफ्नो दायित्वबाट नागरिक पन्छिने हो भने यसबाट निम्तिने खतराबाट ऊ स्वयंमात्र होइन, उसको परिवार, गाउँ–टोल, समाज हुँदै सिंगो देश नै प्रभावित हुन सक्छ भन्ने कुराको पाठ सिकाउदै कोरोनाले सचेतनाको इस्तार्लाई समेत ब्रिदी गरेको मान्न सकिन्छ ।
देशकाे कुरा गर्दा कार्यपालिका, विधायिका, न्यायपालिका र संवैधानिक अंग : राज्य सञ्चालनमा एक-अर्काबीच दाेषाराेषणमै बित्याे । प्रतिनिधिसभा विघटन भएर न्यायपालिकाले बिउँदाइदिएकाे छ । तर एक अर्कालाई सिध्याउन लागिपरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको असीमित शक्ति र अधिकार केन्द्रित गरेका कारण पतनको मार्ग मा अग्रसर छन् । राष्ट्रपति, राज्यका अंग र संवैधानिक निकाय शक्ति पृथकीकरण र सन्तुलन बाहिर रहे ।
दुई तिहाईको सरकारले समृद्धिको उच्च स्वरमा कुरा गरे पनि मुलुक र जनताको हितार्थ खास उल्लेख्य आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक विकास र समृद्धिको दिशामा बाटो पहिल्याउँदै हिड्न सकेन । जनताले प्रत्यक्ष अनुभूत गर्ने किसिमका साथै जनताको दैनिकी र जीवनस्तरसँग सम्बन्ध राख्ने कुनै ठोस उपलब्धी प्राप्त गर्न सकेनन् । सामान्यतया कुनै पनि विषय, सन्दर्भ र घटनाका सम्बन्धमा चर्चा परिचर्चा गर्दा राम्रो र सुधारिएको पक्षको भन्दा सुधार गर्नुपर्ने पक्ष औंल्याउँदै उपदेश बढी दिने संस्कारबाट ग्रस्त देखियाे यो वर्ष पनि ।
विभिन्न काण्ड यो वर्षका सबै भन्दा मुख्य समाचार बने । आफ्ना नजिकका र आसेपासेलाई काखी च्याप्दा गलत संस्कार र भष्ट्राचारले बढावा पायो । सरकारी सम्पत्ति र राज्यको स्रोत हिनामिना र दुरुपयोगमा राजनीतिक व्यक्तिहरूकै नाम अग्रपंक्तिमा आउने क्रम राेकिएन, झन् बढ्याे ।
निरीह प्रतिपक्षले जनता निराश हुनु स्वभाविकै हाे । राजनीतिक दल र तिनकाे नेताहरू आ–आफ्ना निश्चित विचार, दर्शन, सिद्धान्त र राजनीतिक नाराबाट टसमस् नहुने र अहंकारको डम्फु बजाउँदै भित्तामा सिंगौरी हान्ने गलत राजनीतिक अभिष्टका कारण मुलुकले खास प्रगति गर्न सकेन । अरु मौसमी आरोप प्रत्यारोप त नेपाली राजनीतिको संस्कार जस्तै बनिसकेको छ ।
अरु भ्रष्ट आफु सर्वश्रेष्ठ, म र मेरो मात्र ठीक अरु जम्मै गलत, हामी भए हुन्छ अरु आए स्वीकार गरिदैन, यही चिन्तन, व्यवहार र मानसिकताका कारण मुलुकले खास गति लिन सकेन । याे क्रम अझ बढ्ने देखिन्छ । सरकारभित्रकै मन्त्रीमण्डलदेखि सरकारी पदाधिकारी हाेस् वा सत्तारूढ दलभित्र समन्वय नगर्ने र एक अर्काप्रति दोषारोपण आशंकाको घेरा बाक्लिने क्रम चुलिँदो छ ।
‘वर्ष बदलिँदा समग्र नेपालीको मनले हर्ष महसुस गर्नुपर्छ। भित्ताको पात्रो फेरिएपछि जनताको जीवनस्तर पनि फेरिनुपर्छ । तबमात्र परिवर्तनको महासुस हुनेछ। ‘चर्का नारा, झुटा आश्वासन र सतही परिवर्तनले देश र जनताको आवस्यकता पुरा हुदैन । तर अपेक्षा गरौँ, सरकारले बितेको वर्षको गम्भीरतापूर्वक समीक्षा गर्नेछ । आगामी दिनमा जनस्तरबाट उठेका आवाजहरूलाई सरकारले सुदृढ गर्दै जानेछ । यस वर्ष २०७८ का गल्तीहरू दोहोरिने छैनन् । आम नागरिकले आफ्ना लागि सरकार छ भन्ने अनुभूति गर्न सकून् । प्रत्येक नागरिकले आफू सुरक्षित रहेको अनुभव गर्न सकोस् ।
नयाँ वर्षको प्रारम्भ भनेको बितेको वर्षको समीक्षा गर्दै नयाँ योजनाका साथ अघि बढ्ने समय पनि हो । खास गरी खुलेर भेटघाट, भाेजभत्तेर गरेर शुभकामना साटासाट, मनोरञ्जन तथा पूजाआजा गरी नयाँ वर्ष मनाउने परम्परा छ । तर नेपालमा मात्र हाेइन विश्वभर छरिएर रहेका नेपालीहरूले विभिन्न कार्यक्रमका साथ नयाँ वर्षको उत्सव मनाउने क्रम यस वर्ष रहने छ । । जाे जहाँ छाैं हार्दिकताकासाथ नयाँ वर्षकाे स्वागत गराैंँ ।
नयाँ वर्ष, नयाँ योजना, संकल्प र कार्यान्वयन सहितको वर्ष बनोस्, सबैलाइ फलिफाप होस । अन्याय अत्याचार,विकृति विसंगती एवं नीतिगत भ्रष्टाचारका बिरुद्द निरन्तर खबरदारी गर्न सकौं नयाँ बर्ष २०७९ सालको हार्दिक शुभकामना ।




