विकाश हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडले आजदेखि पहिलो चरणको प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले जम्मा ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएकोमा ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र ३ लाख ५४ हजार ५५० कित्ता शेयर नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरिएको हो।

आयोजना प्रभावितलाई छुट्याइएको शेयरमध्ये गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ४ र ५ मा स्थायी बसोबास गर्नेका लागि ४० प्रतिशत अर्थात् ३ लाख ६३ हजार ६४० कित्ता र प्रभावित क्षेत्र सोही गाउँपालिकाको वडा नम्बर १, २, ३, ६ र ७ मा स्थायी बसोबास गर्नेका लागि ६० प्रतिशत अर्थात् ५ लाख ४५ हजार ४६१ कित्ता छुट्याइएको छ।

आवेदकले कम्तिमा १० कित्ताका लागि र बढीमा १० हजार कित्तासम्मका लागि जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन्।  तर आयोजना प्रभावितबाट पूर्ण आवेदन नपरेमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ।

पहिलो चरणको आईपीओ बाँडफाँड गरिसकेपछि बाँकी रहने ३५ लाख ४५ हजार ४९५ कित्ता शेयरमध्ये ७० हजार ९१० कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गर्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *