नाडेप लघुवित्तले जेठ २५ गते बोलायो साधारणसभा

काठमाडैं। नाडेप लघुवित्त वित्तीय संस्थाले जेठ २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा ट्रिपल क्राउन रिसोर्ट, गलौदी, ४ धादिङमा बिहान १०ः३० बजे सुरु हुनेछ ।

सभामा गत आर्थिक वर्षको प्रतिवेदन, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरणहरुमा छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । यस्तै, सभामा कम्पनीको सेयर संरचना परिवर्तन गर्ने सम्बन्धमा छलफल पनि हुनेछ ।

अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । नाडेपले लाभांश सम्बन्धी कुनै पनि प्रस्ताव सभामा पेश गर्ने छ्रैन । तसर्थ, यसपटक नाडेपका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

सभा प्रयोजनका लागि जेठ १२ गते बुक क्लोज हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *