काठमाडौं । ट्रेड टावर लिमिटेडले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ ।
बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गरेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई चैत्र २५ गते शेयर निष्काशनको अनुमति प्रदान गरेको थियोे ।
माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएकोमा ३९ हजार ७ सय १६ जनाले शेयर पाएका छन् ।
कम्पनीले वैशाख ८ गतदेखि वैशाख २२ गतेसम्म श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १ सय ६९ दशमलव ३० कित्ता शेयर बिक्री खुलाएको थियो । अब कम्पनीले आम सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ।
कम्पनीले कुल ३९ करोड ७१ लाख ६९ हजार ३ सय रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६ सय ९३ कित्ता शेयर निष्काशन गर्ने छ। कम्पनीले जारी पुँजीको ४८.६९६ प्रतिशत शेयर आईपीओको रुपमा निष्काशन गरेको हो।




