प्रभु महालक्ष्मी लाइफले राख्यो ४ लाख १८ हजारबढी कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ।

उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

साथै, तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट आवेदन प्राप्त नभएमा सो शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रकिया अघि बढाइने कम्पनीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *