काठमाडौं । सिद्धार्थ प्रिमियर इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जस अनुसार कम्पनीले ४५ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष यसले ५९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा गत वर्षको भन्दा २४.०३ प्रतिशतले कमी हो ।
कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी घटेसँगै नाफा पनि घटेको छ । यस अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ३०.८२ प्रतितशले घटेको छ । गत वर्ष ५२ करोड ७३ लाख रुपैयाँ लगानी तथा कर्जाबाट आम्दानी गरेको कम्पनीको अहिले घटेर ३६ करोड ४८ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीको चुक्तापूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने महाविपत्ती कोषमा २१ करोड ९ लाख रुपैयाँ छ। त्यस्तै जगेडा कोष ३७ प्रतिशतले घटेर ६८ करोड ४८ लाख रुपैयाँ सन्चिति रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ २६३.७२ रुपैयाँ रहेको छ ।







