जाजरकोट कारागारभित्रै झुण्डिएको अवस्थामा मृत भेटिए थुनुवा

काठमाडौं । जिल्ला कारागार, जाजरकोटमा रहेका एक जना थुनुवा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

आइतबार बिहान जाजरकोटको भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा कारागारभित्रै मृत अवस्थामा फेला परेको जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) वसन्त शर्माले जानकारी दिए ।

शर्माका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा थिए। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *