काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५६ करोड ३२ लाख ९ हजार ४५० रुपैयाँको बजेट पारित गरेको छ।
काभ्रेको धुलिखेलमा शुक्रबार सम्पन्न एन्फाको साधारण सभाबाट उक्त बजेट पारित गरिएको हो।
पछिल्लो वर्षको पूर्वाधारको बजेट यस आर्थिक वर्ष थपिएकोले धेरै भएको प्रवक्ता शाहले जानकारी दिए ।
‘पछिल्लो वर्षको पूर्वाधारको बजेट यस वर्ष सिफ्ट भएको हो’ उनले भने । अघिल्लो वर्ष एन्फाको बजेट एक अर्ब ३१ करोडको हाराहारीमा रहेको शाहले जनाए ।
एन्फाले साधारण सभाबाटै वार्षिक क्यालेन्डर पनि पारित गरेको छ ।
Artha Sanjal






