काठमाडाैं । एसियन लाइफ इन्स्योरेन्सले हकप्रद निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले १:०.४२ को अनुपातमा हकप्रद निष्कासन गर्न आज (वैशाख २६) गते अनुमति पाएको हो ।
जस अनुसार एक सय कित्ता सेयर हुनेले ४२ कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीले एक सय रूपैयाँ प्रतिकित्ताको दरमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद निष्कासन गर्नेछ ।
हाल कम्पनीको चुक्ता पुँजी तीन अर्ब ३९ करोड ९८ लाख रूपैयाँ छ । कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।
Artha Sanjal






