काठमाडाैं। आज साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १२.० ४अंकले घटेर २६६१.६४ को विन्दुमा कायम भएको छ ।
आज ३१५ कम्पनीको सेयर किनबेच हुँदा ११ अर्ब ६५ करोड माथिको सेयर कारोबार भएको छ । आज ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७८ करोड ४५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावरको ६५ करोड ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । युनिभर्सल पावरको ५७ करोड १ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । छ्याङदी हाइड्रोपावर र ओम मेगाश्रीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।






