काठमाडौं । नेपालकै अग्रणी अन-डिमान्ड प्रोफेशनल सर्विस प्लेटफर्म भेटायोले वार्षिक मर्मत सम्झौता (Annual Maintenance Contract – AMC) प्याकेजहरू प्रदान गरेको छ ।
सिटिभिटीबाट मान्यता प्राप्त दक्ष प्राविधिकहरूबाट ग्राहकलाई सेवा दिईदै आएको यस प्याकेजमा विशेषगरी ठुला व्यवसायिक ग्राहकहरू लक्षित रहेको छ ।
एपमार्फत नै ग्राहकलाई आवश्यक सेवाहरू बुकिङ गर्न सकिने यस भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, लन्ड्री, लगायत १५ भन्दा बढि सेवाहरू उपलब्ध रहेको छ । भेटायो ग्राहकहरुको लागि सबै आवश्यक सेवाहरू एकै ठाउँमा पाउन सकिने दरिलो माध्यम हो ।
एएमसी (वार्षिक मर्मत सम्झौता) प्याकेज भेटायोले ग्राहकलाई एक वर्षसम्म नियमित रूपमा मर्मत, जाँच, र आवश्यक सेवा उपलब्ध गराउने सेवा सम्झौता हो । यो प्याकेजअन्तर्गत ग्राहकले चाहेको कुनै पनि सेवाहरू निश्चित शुल्क लिई सेवा प्रदान गरिन्छ ।
एएमसी प्याकेजहरू १५ सय रुपैयाँबाट सुरु हुन्छ । जसमा इलेक्ट्रिक, प्लम्बिङ, एसी रिपेयर प्याकेज मासिक १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । यो प्याकेज विशेषगरी शिक्षा, स्वास्थ, वित्तीय क्षेत्र, सरकारी कार्यलय, होटेल तथा रेष्टुरेन्ट, कर्पोरेट लगायत अन्य व्यवसायिक भवनहरुको लागि तयार पारिएको प्याकेज हो ।
यसमा ग्राहकले सम्झौता अनुरुप मर्मत र नियमित जाँच सेवा प्राप्त गर्नेछ । यो प्याकेज लिएपश्चात सम्झौता अनुरुप सम्बन्धित ग्राहकको सर्भिस सम्बन्धि सम्पूर्ण कामको जिम्मेवारी भेटायोले नै लिनेछ ।
भेटायोका विशेषताहरू
रुटिन चेकअप, १ घण्टाभित्र सेवा प्रदान, निःशुल्क परामर्श ,निःशुल्क सेवा निरीक्षण, ३० दिनको सर्विस वारेन्टी,अफ आवर सेवा, गुणस्तरीय समानको प्रयोग , जब कार्ड, त्रैमासिक रिपोर्ट र सिटिभिटीबाट मान्यता प्राप्त टेक्निसियन






