काठमाडौं । वर्षाका कारण मेलम्चीमा बाढी आएसँगै काठमाडौंमा पानी वितरण बन्द गरिएको छ ।
धमिलो पानी आउँदा तत्कालका लागि पानी बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलले जनाएकाे छ ।
मेलम्ची नदीमा पानीको बहाव पनि बढेकाले खानेपानी आयोजनाको संरचनामा क्षति पुग्नबाट रोक्न पानी बन्द गर्नुपरेको केयूकेएलले जनाएको छ ।
केही दिनपहिले पनि वर्षा हुँदा केयूकेएलले पानी वितरण बन्द गरेको थियो । क्षेत्रपाटी, महांकाल, भक्तपुर, मध्यपुर ठिमी, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौवटा शाखाबाट पानी वितरण हुन्छ ।
केयूकेएलअन्तर्गत काठमाडौंमा एक लाख ८० हजार, ललितपुरमा ५६ हजार र भक्तपुरमा २० हजार धारा छन् । उपत्यकामा खानेपानीको माग दैनिक ४७ करोड लिटर रहेको केयूकेएलले जनाएको छ ।
Artha Sanjal






