काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ मा पूर्वाधार आयोजनाको पुनप्राथमिकीकरण गर्ने घोषणा गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
विकास निर्माणका क्रममा देखा परेका कमिकमजोरी सुधार गर्न विकासको ढाँचा, गति र संस्कृति फेर्ने उनले बताए । विगतमा विभिन्न सरकारले घोषणा गरेका परियोजनालाई वर्गीकरण गरी आगामी आवको अवधि र यस संसदको अवधि भित्र सम्पन्न हुने गरी समय तालिका निर्धारण गर्ने समेत उनले घोषणा गरे ।
Artha Sanjal






