काठमाडौ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनिले संस्थापक सेयरधनीहरुको नाममा रहेको ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हाे ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले शुक्रबार (वैशाख १९ गते) बाट ३५ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाइ आवेदन दिनु पर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।
Artha Sanjal






