स्ट्याण्डर्ड चार्टड बैंकमाथि राष्ट्र बैंकको डण्डा, चौध करोड पचासी लाख रूपैयाँ जरिवाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले  लिमिटेडलाई कारबाही गरेको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा  स्ट्याण्डर्ड चार्टड बैंकलगायत  ५ वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकले  तोकिएको उत्पादनशिल (कृषि, उर्जा, लघु एवं साना तथा मझौला) क्षेत्रमा कर्जा प्रवाह नगरेकोले भेटिएपछि स्ट्याण्डर्ड चार्टड बैंकलाई १४,८५,२५,५६६.८७ ( चौध करोड पचासी लाख पच्चिस हजार पाँच सय छैसट्ठी र पैसा सतासी ) रूपैयाँ जरिवाना गराएको हो ।

त्यस्तै  स्ट्याण्डर्ड चार्टड बैंकले आर्थिक वर्ष २०८१/८२ को दोस्रो  त्रैमास अर्थात् २०८१ पुस मसान्त– सम्मको अवधिमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको पाईएकाले नगद जरिवाना गराएको जनाएको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गरेकोमा राष्ट्र बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसहित ५ वाणिज्य बैंकलाई कारबाही गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *