मन्त्रिपरिषद् बैठक साँझ ७ बजे बस्दै , शिक्षकका मागबारे निर्णय गर्ने अपेक्षा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बुधबार साँझ ७ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए।

शिक्षक आन्दोलनका विषयमा विभागीय मन्त्रालयले केही दिनदेखि गरेको वार्ताका विषयमा ठोस निर्णय गर्ने गरी बैठक बस्न लागेको आंकलन गरिएको छ।

सरकारसँग वार्ता र आन्दोलन दुवै गरिरहेको नेपाल शिक्षक महासंघले केही माग मन्त्रिपरिषद्बाटै टुङ्गाउनुपर्ने र केहीमा केही माग संसदबाट टुङ्गाउनुपर्ने भएकोले पहिले मन्त्रिपरिषद्बाट टुङ्गाउनुपर्ने विषयहरु टुंगेमा परीक्षा सञ्चालनसहितका विषयमा सकारात्मक भएको प्रष्ट पारेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *