ट्रेड टावरको लिमिटेडको आईपीओमा अहिलेसम्म कति पर्यो आवेदन?

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीका लागि खुलेको ट्रेड टावर लिमिटेडको आईपीओमा ११ करोड ५७ लाख  ४३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार आज (वैशाख १७ गते) साँझ ५ः०५ बजेसम्म ५२ हजार ७१४ जनाले ११ लाख ५७ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.९१ गुणा बढी आवेदन हो

कम्पनीले वैशाख ८ गते पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको हो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबरको ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर निष्कासन गरेको हो ।

यस कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *