काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. गुणाकर भट्टको नियुक्ति अस्वीकृत गरिनु पर्ने मागसहित दायर पूरक निवेदन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।
अभिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतिले गभर्नर बन्न भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएको थिए । बुधबार न्यायाधीशद्वय तिल प्रसाद श्रेष्ठ र वालकृष्ण ढकालका इजलासले उक्त पूरक निवेदन अस्वीकार गरेको हो ।
गभर्नर नियुक्तिका लागि सरकारले सार्वजनिक संस्थानमा पदाधिकारी नियुक्ति सम्बन्धी मापदण्ड संशोधन गर्दै उमेरसम्बन्धी प्रावधान हटाएपछि यसविरुद्ध थापा र उप्रेतिले सर्वोच्चमा रिट दायर गरेका थिए ।
इजलासमा सुनुवाइ सकिएको छ भने आदेश आउने तयारी भइरहेको छ ।