रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने विष्ट प्रहरीको नियन्त्रणमा

काठमाडौँ। सर्वोच्च अदालतको मुद्दा शाखाबाट नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न पत्र काट्ने शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्टलाई काठमाडौं प्रहरी परिसरको टोलीले सर्वोच्चबाट पक्राउ गरेर लगिएको छ । उनलाई हिरासतमा राखिएको छ ।

पक्राउ गर्न गएको टोलीको एक सदस्यका अनुसार विष्टले टीकापुर घटनामा ज्यान गुमाएका मान्छेहरूको आत्माले पोलेकाले पत्र लेखेको बयान दिएका छन् ।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत विष्टले राष्ट्रपति रामचन्द्र पौडेलबाट यसअघि भएको आममाफीको निर्णय नै उल्ट्याइदिएका थिए । यही पत्रका आधारमा प्रहरीले चौधरीलाई बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानबाट पक्राउ गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *