काठमाडौं । सिद्धार्थ बैंकले ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर बिक्रीम ल्याएको हो ।
उक्त सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज (वैशाख १७ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्ने बैंकले जनाएको छ ।
Artha Sanjal






