नेरुडे मिर्मिरे लघुवित्तको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको साढे ३ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।

संस्थाको संस्थापक समूहको ३ लाख ५६ हजार ७०८ कित्ता शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा अन्य व्यक्ति तथा संस्थाले खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्। यसअघि संस्थाका संस्थापक शेयरधनीहरुलाई ३५ दिने सूचना निकालेर शेयर बिक्रीमा राखिएकोमा खरिद आवेदन नपरेपछि सर्वसाधारणले किन्न पाउने गरी पुनः बिक्रीमा राखिएको हो।

इच्छुक लगानीकर्ताले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन पेस गर्न सक्नेछन्। निवेदन संस्थाको काभ्रेपलाञ्चोकको बनेपास्थित केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *