अर्थमन्त्रीको निर्देशन अड्कियो नीलमको टेबुलमा, स्वीकृत भएन भट्टको राजीनामा

काठमाडाैं । नेपाल राष्ट्र बैंककी कायममुकायम गभर्नर डा. नीलम ढुंगानाले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन बेवास्ता गरेकी छिन् । आइतबार अर्थमन्त्री पौडेलले राष्ट्र बैंकका कार्यकारी निर्देशकद्वय डा. गुणाकर भट्ट र डा. प्रकाश कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्न निर्देशन दिएका थिए । तर ढुंगानाले अहिलेसम्म पनि राजीनामा स्वीकृत गरेकी छैनन् ।

स्रोतका अनुसार दुईमध्ये भट्टलाई भावी गभर्नर बनाउन दुई प्रमुख सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भइसकेको छ । यहीबीचमा कार्यकारी निर्देशक रहेकै बेला भट्ट गभर्नर बन्न नसक्ने भन्दै सर्वोच्चमा परेको रिट विचाराधीन छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *